टाइगर कप भलिबल आजदेखि

आदर्श समाज सम्वाददाता
माघ ८, २०७९
tiger cup`main

पोखरा । पोखरामा आइतबारदेखि टाइगर कप भलिबल प्रतियोगिता हुँदैछ । पोखरा रंगशालामा ८ देखि १४ माघसम्म हुने तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनायो ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिने छन् । महिलातर्फ त्रिभुवन आर्मी, गण्डकी प्रदेश, एपिएफ र न्यु डायमण्ड स्पोर्टस् क्लब तथा पुरुषतर्फ त्रिभुवन आर्मी, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरी, एपिएफ र गण्डकी प्रदेशको टिमले भाग लिने छन् । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ त्रिभुवन आर्मी विजेता हुन् ।

प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमको सहभागिता

उद्घाटनको दिन ३ खेल हुनेछ । बिहान १० बजे महिलातर्फ न्यु डायमण्ड र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा पुरुषतर्फ नेपाल आर्मी र एपिएफ क्लबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेल पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसबीच हुनेछ । दिउँसो १ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता उद्घाटन गर्ने आयोजक समिति सदस्य रामकृष्ण ज्ञवालीले बताए ।

महिलातर्फ नेपाल पुलिसका केही खेलाडी घाइते भएपछि अन्तिम समयमा आएन । त्यसको सट्टा गण्डकीको महिला टिम समेटिएको छ ।

पुरस्कार राशि यसपालि गत वर्ष तुलनामा दोब्बर छ । महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छन् । तस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक देवेन्द्र केसीले बताए । हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीले ५ हजार र ३ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सुविधा पाउने छ । दुवै इभेन्टमा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागत पुरस्कार १० हजार छ । आयोजकले सुविधासम्पन्न प्यारापिट निर्माणमा ध्यान दिएको जनाएको छ । दर्शक सुुविधाका लागि नतिजा एलइडी स्क्रिनमा प्रस्तुत गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै