पोखरा । हिसान गण्डकी आयोजनामा जारी प्रथम हिसान फुटसलअन्तर्गत कास्की छनौट प्रतियोगिताको सेमिमफाइनल समीकरण पूरा भएको छ । अन्तिम ४ मा करुणनिधि एजुकेसन फाउन्डेसन (केफ), सगरमाथा मावि, कास्की मोडनाइज्ड र जेसिए प्रवेश गरेका हुन् ।
गैह्रापाटनस्थित बि–फिट फुटसलमा भएको खेलमा केफले सगरमाथालाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । सगरमाथा ‘ए’ ले लिटिल स्टेपलाई ५–३, माउन्ट अन्नपूर्णले कास्की मोडनाइजलाई ५–२ र जेसिएले सिर्जना सेकेन्डरीलाई ३–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
शनिबारकै पहिलो खेलमा सगरमाथा विले बालोदयलाई ६–२, लिटिल स्टेपले प्रतिभा माविलाई १–०, केफले स्पाइरल ग्यालेक्सीलाई ३–१, सगरमाथाले शिशु निकेतनलाई ४–१, माउन्ट अन्नपूर्णले डाइमण्डलाई २–१, जेसिएले प्रगति बोर्डिङलाई २–१, कास्की मोडनाइज्डले रेम्बो एकेडेमीलाई ३–१ र सिर्जनाले ग्लोबल कलेजियटलाई ट्राइबेकरमा हराउँदै क्वाटरफाइनल पुगेका थिए ।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा २९ टिमले भाग लिएका छन् ।
प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुले सहभागिता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौटभै प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । जिल्लास्तरीय प्रतियोगिताको विजेता र उपविजेता र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुनेछ । विजेताले १ लाख, मेडल, ट्रफी र उपविजेताले ५० हजार, मेडल र ट्रफी प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आयोगले तोक्यो राष्ट्रपति निर्वाचन मिति, फागुन २५ मा चुनाव
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
माघ १६, २०७९आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९