बिटी कप माघ २२ देखि

आदर्श समाज सम्वाददाता
माघ ८, २०७९
BT Photo

पोखरा । बुद्धटोल युवा क्लबले १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पुरानो टुँडिखेल मैदानमा माघ २२ देखि फागुन २ सम्म प्रतियोगिता सञ्चालन गरिने शनिबार पत्रकार सम्मेलनमा क्लब अध्यक्ष असिम थापाले जनाए ।

उनले क्लब सल्लाहकार विरेन गुरुङको स्मृतिमा विगतमा चैत्रमा प्रतियोगिता आयोजना गरिंदै आएकोमा यसपटक उनको जन्मदिनदेखि सुरु गरिने जानकारी दिए ।

विजेतालाई १ लाख ६१ हजार र उपविजेता १ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ ।
उत्कृष्टलाई ८ हजार दिइनेछ । साथै विधागत पुरस्कार ६ हजार दिइनेछ ।

४० टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा करिब २३ लाख खर्च हुने आयोजकले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width