पोखरा । नीतिप्रेस मिडिया प्रालिले जनजागरण आधारभूत सामुदायिक विद्यालय, लाहाचोकमा शुक्रबार न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।
नीतिप्रेस मिडिया अध्यक्ष माधव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा टीका रिसोर्ट सञ्चालक संगीता पौडेलले विद्यालयका कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीलाई ती सामग्री हस्तान्तरण गरेकी हुन् । उनले आवश्यकता परेको व्यक्तिलाई आवश्यक वस्तु सहयोग गर्नु नै महानता हो भनिन् ।
विद्यालय प्रअ हिमलाल पराजुलीले सहयोगप्रति आभार व्यक्त गर्दै कुनै पनि बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नपरोस् र हरेक विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।
नीतिप्रेस मिडियाका अध्यक्ष पोखरेलले आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने बताए ।
उनले बालबालिकाको हितका समाज तथा व्यक्तिले सदैव राम्रो सोच्न जरुरी रहेको र आजका बालबालिका भोलिका कर्णाधार हुन् भने ।
कार्यक्रममा माछापुच्छ«े गाउँपालिका ४ का कावा अध्यक्ष रवि अधिकारी, वडा सदस्य अर्जुन अधिकारी, वैदेशिक रोजगार मञ्च लाहाचोकका प्रवक्ता कवि क्षत्री, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष श्रृष्टि परियार, विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना सुनार, भूपू विद्यालय व्यवस्थापन समिति सदस्य वीरबहादुर परियार सुनारले बोलेका थिए । कार्यक्रमको सञ्चालन नीतिप्रेस मिडियाका सम्पादक रमानाथ पौडेलले गरेका थिए । सो अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९