खाग चोरिएका अवस्थामा गैंडा मृत फेला

आदर्श समाज सम्वाददाता
माघ ६, २०७९
gaida

नवलपुर । पूर्वी नवलपरासीमा २ वटा गैंडालाई सिकारीले मारेको अवस्थामा फेला परेको छ । शुक्रबार दिउँसो साढे १२ बजेतिर २ वटा गैडा मृत अवस्थामा फेला परेपछि नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली घटना स्थलमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

तिवारीका अनुसार १ माउ गैंडा र एउटा केटो मृत फेला परेको हो । दुवै गैंडालाई करेन्ट लगाएर मारिएको जस्तो देखिएको र घटनास्थल नजिकै विद्युतीय तारसमेत भेटिएको छ ।
माउ गैंडाकोट सिङ काटेर लगेको र बच्चाको भने सुरक्षित रहेको तिवारीले बताए ।

नारायणी नदी वारी घाँस चर्न आएको समय पारेर शुक्रबार बिहानपख सिकारीले गैंडा मारेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width