पोखरा । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई शुक्रबार वार्षिक प्रतिवेदन पेस गरेको छ । विश्वविद्यालय कुलपति प्राडा गणेशमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई उक्त प्रतिवेदन पेस गरे ।
उक्त अवसरमा मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार सधैं विश्वविद्यालयको हितमा रहने बताए । ‘तपाईहरुले प्रतिवेदन बुझाउनुभएको छ । सबै अहिल्यै हेरेर पनि सकिदैन्,’ उनले भने, ‘प्रतिवेदनमा भएका सबै कुरा हेरेर के गर्ने कसरी अगाडि बढ्ने भनेर भनौंला ।’ उनले जुन भावना र मर्म अनुसार विश्वविद्यालय स्थापना भएको हो, त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे ।
कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालय अन्तर्गतको पठनपाठन, अनुसन्धान, अन्वेषण, अविष्कार केन्द्र, जग्गा, भवन लगायत भौतिक अवस्थाका बारेमा मुख्यमन्त्री अधिकारीलाई बुझाएको बताए । उनले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको जानकारी गराए ।
स्पोर्ट्स म्यानेज्मेन्ट सँगै विश्वविद्यालयले व्याचर इन फार्मेसी, व्याचलर इन आइटी, बिएएलबी र बिबिएको कक्षा पनि सुरु गरेको छ । अविष्कार केन्द्रबाट उत्पादन गर्न लागेका सामानहरुको बारेमा पनि जानकारी गराएको उनले बताए । पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ ।
कार्यक्रममा कुलपति गुरुङसँगै उपकुलपति प्राडा नवराज देवकोटा, रजिस्ट्रार डा. कैलाश तिमिल्सिना, डिन डा. कपिल अधिकारी, योजना प्रमुख सन्दिप कोइराला, अधिकृत ईश्वर सुवेदी उपस्थित थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
आज सहिद दिवस
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
hero news full width
मुख्य समाचार
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९