खैरेनीटार । खैरेनी मावि, शुक्लागण्डकीको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । समारोह उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खैरेनी माविलाई नमुना बनाउनुपर्नेमा जोड दिए । उनले शुक्लागण्डकी गण्डकी प्रदेशको केन्द्र भएको समेत बताए ।
गण्डकी प्रदेश सभाका सदस्य श्यामराजा महतले सामुदायिक विद्यालयको शैक्षिकस्तरमा सुधार गर्न सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुुपर्ने बताए । उनले सक्षम नेतृत्व भएमा जुनसुकै क्षेत्र संस्था बलियो हुने जनाए ।
कार्यक्रममा शुक्लागण्डकीका उपमेयर खुमबहादुर विक (राजु), प्राडा बुद्धिबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख वसन्तराज पौडेल, शुक्लागण्डकी नगरकार्यपालिका सदस्य खिमबहादुर कुमाल, शुक्लागण्डकी ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, खैरनी माविका पूर्व प्रअ केशवराज घिमिरे, खैरेनी मावि पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र उपाध्याय, जनकल्याण माविका प्रअ दीपक ढकाल विद्यार्थीहरु अञ्जना राई, इसिका कुमाल लगायतले बोलेका थिए ।
प्रअ बोधराज ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुले विद्यार्थीलाई विभिन्न विधामा अक्षयकोषमार्फत छात्रवृत्ति प्रदान गरेका थिए । कार्यक्रममा शिक्षकशिक्षिका तथा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलमोहन घिमिरेको अध्यक्षतमा कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समिति सदस्य बिमल जिसी र सञ्चालन सहायक प्रअ मोहनप्रसाद आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सकियो मदरल्यान्डको सांस्कृतिक कार्यक्रम
भानुभक्त आवासीय माविको अभिभावक दिवस
बेसलाइन एकेडेमीको रजत जयन्ती समापन, प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री
मदरल्यान्डमा सरस्वती पूजा
शान्ति निकेतनको भवन उद्घाटन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९