माघको चिसोमा ज्योति मगरले तताइन् पोखरा

आदर्श समाज सम्वाददाता
माघ ५, २०७९
pokhara festival

पोखरा । गायिका तथा मोडल ज्योति मगरले बिहीबार पोखरा महोत्सवमा दमदार प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले माघको चिसो मौसमसमेत ततायो ।
अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा ज्योतिले विभिन्न प्रस्तुति राखेकी हुन् । उनीसँगै महोत्सवमा जीवन दाहाल, शिवहरि ढुंगाना, शंकर पन्त, सीता परियार, पूजा तामाङ, तुलसा जिसी, माधव चापागाईं, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुतिमा दर्शकले भरपूर मनोरन्जन लिए ।

बिहीबार साँझ लाइभ ब्यान्डतर्फ सविन राइ एन्ड द फेरोहको प्रस्तुति थियो । युवामाझ चर्चित सविन राईले आफ्नो प्रस्तुति राख्दा दर्शकले उस्तै साथ दिए ।
महोत्सवको नवौं दिनसम्म आइपुग्दा दर्शकको भीड बढ्दो छ । दर्शक भीडसँगै कारोबार समेत बढेको प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।
शुक्रबार लोकदोहोरीतर्फ आलिफ खान, जीवन दाहाल, शिवहरि ढुंगाना, रेशम निर्दोश, ज्योति लोहनी, कमला गैरे, जूना क्षत्री, टेक क्षत्रीको प्रस्तुति रहने छ ।
हास्य प्रहसनमा राजेन्द्र गिरी जादुगर गुन्द्रुके मुना गिरीको प्रहसनसँगै डान्स जादु प्रस्तुति रहेने छ भने २३ इन्चका मनोज गोर्खालीमार्फत डान्स प्रस्तुति रहने छ । लाइभ ब्याण्डमा अनुप्रस्था छ ।

महोत्सवमा जारी विद्यालयस्तरीय लोकनृत्यमा मेरीगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, नवप्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, सिद्ध मावि र बालकल्याण माविबीच प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको ८ माघमा भ्यु प्वाइन्ट बोर्डिङ, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज्ड र मेरीगोल्डबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • सुपर भ्वाइस अफ त्रिवेणी बने किशोर

    आदर्श समाज सम्वाददाता माघ १६, २०७९
    पोखरा । त्रिवेणी संगीतालयद्वारा नव प्रतिभा खोजीअन्तर्गत आयोजित सुपर भ्वाइस अफ त्रिवेणीको उपाधि कास्कीका किशोर सुनारले जितेका छन् । प्रतियोगितामा…
  • प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा

    आदर्श समाज सम्वाददाता माघ १५, २०७९
    पोखरा । माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्यारीकी प्यारी’ टोली प्रमोसनका लागि पोखरा आएको छ । राजधानी बाहिर…
  • रोश्मा भइन् मिस तामाङ

    आदर्श समाज सम्वाददाता माघ ३, २०७९
    पोखरा । मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् । आइतबार ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस…
  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १, २०७९
    पोखरा । पोखरामा आइतबार मिस तामाङको ग्रान्ड फिनाले हुँदैछ । पोखरा सभागृहमा हुने प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ ताज,…
  • नारायणगोपाल स्मृति साँझ हुने

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०७९
    पोखरा । पोखरामा ‘नारायणगोपाल स्मृति साँझ–२०७९’ आयोजना हुने भएको छ । उनको पुण्यतिथि पोखरा रेडियो अन्नपूर्ण, पोखरेली युवा सांस्कृतिक परिवार…

hero news full width