बगर भाइखलक भेट्रान्स फुटबल जारी

आदर्श समाज सम्वाददाता
माघ ५, २०७९
Veterans Footaball Photo

पोखरा। पोखरामा जारी प्रथम हिमालय ब्रुअरी तथा १२ औं बगर भाइखलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो दिन बिहीबार ८ खेल भए ।
दोस्रो चरणको पहिलो खेलबाट आयोजक बगर भाइखलक बाहिरिएको छ । पेनाल्टी सुट आउटमा ठमेल भेट्रान काठमाडौंसँग पराजित २–१ ले पराजित हुँदै आयोजक बाहिरिएको हो । निर्धारित समयमा १–१ मा सकिएपछि पेनाल्टी सुटमा आयोजक पराजित भएको हो ।

प्रतियोगितामा सहभागी भारत देहरादुनको युके मास्टर देहरादुन पोखराको दीप युनाइटेडसँग २–१ ले पराजय व्यहोर्दै घर फर्किएको छ । दीपका लागि विजय राई र गंगाबहादुर तामाङले गोल गर्दा देहरादुनका लागि अन्तिम गुरुङले १ गोल फर्काएका थिए ।

लेकसाइड भेट्रान पाहुना टोली बुटवल भेट्रानसँग १–० ले पराजित भएको छ । बुटबलका लागि नरकुमार मगरले निर्णायक गोल गरेका हुन् । चौंथो खेलमा चितवन भेट्रानले काठमाडौंको जोरपाटी भेट्रानलाई ३–१ ले पाखा लगायो ।

हेटौडा भेट्रानले फ्रिडम फाइटर बि टिमलाई १–० ले स्तव्ध पारेको छ भने पश्चिम चितवन भेट्रानले पोखराको गार्डेन एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो । अर्को खेलमा थापा गाउँ भेट्रानले नागासोती भेट्रानलाई १–० पराजित गर्दा अन्तिम खेलमा फ्रिडम फाइटर ए ले सानो गौचरन काठमाडौंलाई ३–१ ले पाखा लगायो ।
माघ ८ सम्म संचालन हुने प्रतियोगितामा विदेशी १ सहित २४ टिमको सहभागिता छ । प्रथमले २ द्वितीयले १ लाख साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई ट्रफीसहित ५ हजार पुरस्कार दिइनेछ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width