पोखरा । पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यहरुले सो सुविधा पाउने भएका हुन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच भएको सम्झौता अनुसार अब संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन । यसैगरी संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निशुल्क डाक्टरी परामर्श, साधारण एमआरआई र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् । ‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छु्ट दिइनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार नियमित जाँचमा रगत, पिसाब, इसीजी, एक्सरे, युरिक एसीड, थाइराइड, युएसजीलगायत अस्पतालले प्रदान गर्ने सेवाहरु रहेका छन् । ‘हाम्रा साधारण सदस्यहरुलाई थोरै भएपनि सहुलियत प्रदान गरौँ भन्ने हेतुले यो सम्झौता गरिएको हो’, अध्यक्ष प्रजापतिले भने,‘हामीले मणिपाललाई हाम्रा साधारण सदस्यहरुले संघले प्रदान गरेको परिचयपत्रकै आधारमा यो सेवा पाउनुहुनेछ । हामीले त्यसको जानकारी अस्पतालाई गराइसकेका छौँ ।’
संघका महासचिव बलराम आचार्यका अनुसार यो सम्झौताको अवधि एक वर्ष रहेको छ । २०७९ साल माघ ३ गतेबाट कार्यान्वयनमा आएको सम्झौत अर्को वर्षको माघ २ गतेसम्म कायम रहने छ । त्यसपछि पनि सम्झौता नवीकरण गरिने महासचिव आचार्यले बताए ।
Related News
सम्बन्धित समाचार
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
गल्याङ प्रज्ञा प्रतिष्ठान गठन हुने
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९