फ्रान्सेली टिमले थाल्यो यती दुर्घटनाबारे अध्ययन

आदर्श समाज सम्वाददाता
माघ ४, २०७९
yeti photo sudarshan

सन् २००७ सालमा निर्मित एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको दुर्घटनामा परेको यती एअरको सो जहाजले १५ वर्षदेखि उडान भर्दै आएको थियो । फ्रान्सको विज्ञ टोली दुर्घटनास्थलको अध्ययन गर्दै । फाइल तस्बिर : सुदर्शन रञ्जित

पोखरा । यती एअरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली पोखरा आएको छ । टोलीले बुधबारदेखि नै घटनास्थल पुगेर अध्ययनसमेत थालेको छ ।
टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै सरोकावालासँग भेटी दुर्घटनाको कारण पत्ता लगाउने जनाइएको छ । एटिआर विमान निर्माता कम्पनीबाटै यहाँ आएको प्रतिनिधि मण्डलले बुधबार दिउँसोदेखि नै अध्ययन थालेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

टोलीमा ९ सदस्य छन् । नेपालमा पहिलो पटक यसरी एटिआर विमान दुर्घटना भएकोले निर्माण कम्पनीले नै चासो दिएको हो । फ्रान्सेली विज्ञ टोलीले दुर्घटनास्थल सेती खोंच आसपासको अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शी र सरोकारवालासँग कुराकानी गर्ने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । टोलीले अध्ययनका लागि सुविधासम्पन्न आवश्यक सामग्री बोकेको छ ।

नेपाल सरकारले पनि दुर्घटनाको छानबिन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । समितिलाई अध्ययनका ४५ दिनको समय दिइएको छ । सो टोलीले पनि पोखरामै आएर अध्ययन थालेको छ । दुर्घटना जाँच आयोगको सदस्यमा हवाई विज्ञ उपरथी दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मर्मतविज्ञ एकराज जंग थापा र सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

चालक दलका ४ सहित ७२ जना सवार विमान गएको आइतबार बिहान सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । त्यसमध्ये १५ जना विदेशी नागरिक र अन्य नेपाली थिए । दुर्घटनामा परेकामध्ये हालसम्म ७१ जनाको शव फेला परेको छ । १ जनाको खोजी कार्य मंगलबार पनि भएको प्रहरी प्रवक्ता खड्काले बताए । ज्यान गुमाएकामध्ये २२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि परिवारका सदस्य तथा आफन्तलाई बुझाइएको छ । अन्यको शव परीक्षणको लागि काठमाडौं पठाइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width