पोखरा । पोखराको लेकसाइडमा ८ करोडभन्दा माथिको लगानीमा त्रिपुरा लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लामो समयदेखि पोखरामा एसियना म्यारक्यु क्लब सञ्चालन गर्दै आएका व्यवसायी सुमनकुमार श्रेष्ठले उक्त लाउन्ज सञ्चालनमा ल्याएका हुन् ।
लाउन्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । २ सय वर्ष अगाडि नेपालका राजाहरू बस्ने दरबारको झल्को दिने गरी आफूले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ । ‘पोखरामा पछिल्लो समय थुप्रै रेस्टुरेन्टह? सञ्चालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरू बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीह?लाई मन पर्नेछ,’ उनले भने ।
लाउन्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको छ । रेस्टुरेन्टमा इतिहास झल्काउने गरी राजाह?को तस्बिरसमेत राखिने श्रेष्ठले बताए । कोरोना अघिदेखि सुरू भए तापनि निर्माणको काम अहिले आएर सम्पन्न भएको भनाइ उनको छ । नेपालमा दक्ष कालिगढको अभावका कारण भारतबाट कालिगढहरू बोलाएर काम गरे तापनि बीचमा नै उनीहरूले काम छाडेका कारण निर्माण कार्यमा ढिलाइ भएको अभिव्यक्ति उनको थियो । पछि नेपालकै कालिगढबाट उनले सो काम सम्पन्न गरे ।
लेकसाइड १५ नम्बर स्ट्रिटभित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने उनले बताए । सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफूले लाउन्ज सञ्चालनमा ल्याएको भनाइ उनको छ । ‘लगानी बढी लाग्यो भन्दैमा धेरैले महँगो छ भन्नुहुन्छ होला । तर त्यस्तो छैन । सुलभ दरमा सेवा पाउनुहुनेछ,’ उनले भने । त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको जानकारीसमेत उनले गराएका छन् । राजा महाराजाले खाने खाना अब आम नागरिकले त्रिपुरामा खानेछन् ।
म्यानेजर विकास गुरूङले त्रिपुराको विशेषता भनेकै क्लासिक वातावरण रहेको उल्लेख गरे । उनले क्याफे, लबिहल, लाइभ म्युजिकसहितको सेवा त्रिपुरामा उपलब्ध रहेको जानकारी गराए । उनले केही निर्माणको काम बाँकी रहेकाले अबको १ महिनामा त्रिपुराको ग्रान्ड ओपनिङ गर्ने तयारीका साथ आफूहरू लागिरहेको समेत बताए ।
त्रिपुराका सञ्चालक श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी हुन् । खेलजीवनसँगै उनी व्यवसायमा लागे । १५ वर्षदेखि लेकसाइडमा नै क्लब सञ्चालन गरेका श्रेष्ठले नै त्रिपुराको इन्टरियर डिजाइन गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९