विमान दुर्घटनामा निधन भएका ४६ जनाको शव काठमाडौं लगियाे 

आदर्श समाज सम्वाददाता
माघ ३, २०७९
Airport

पाेखरा ।  पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौं लगिएकाे छ ।  पोखरामा पहिचान नभएर पोस्टमार्टम हुन नसकेका ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे हो ।  शव पहिचान गर्न नै नसकिने खालका भएकाले डिएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं लगिएकाे हो ।

२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम भएकाे छ ।  पोस्टमार्टम भएका शव  आफन्तलाई हस्तान्तरण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width