पोखरा भ्यु प्वाइन्ट क्लबमा विश्वराज

आदर्श समाज सम्वाददाता
माघ ३, २०७९
pokhara view point

पोखरा । पोखरा २२ पुम्दीभुम्दीस्थित पोखरा भ्यु प्वाइन्ट क्लबको सातौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले विश्वराज बास्तोलाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । क्लबको उपाध्यक्ष खेमराज बास्तोला (राजु), सचिव अमीत बराल, कोषाध्यक्ष असीम बास्तोला, सहसचिव रञ्जना आचार्य बराल चयन भए । सदस्यहरु दीपक बराल, अमीत लामा, लक्ष्मी बास्तोला सुवेदी, इन्दु बास्तोला छन् ।

पोखरा भ्यु प्वाइन्ट क्लबका सुन्दर बरालको अध्यक्षतामा भएको कार्यक्रममा कास्की क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले क्लबका समस्या समाधानमा सक्दो सहयोग गर्ने बताए ।

कास्की क्षेत्र नं ३ ख का प्रदेश सभा सदस्य प्रकाश बरालले भोटलाई कदर गर्दै क्लबमा दिगोरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

क्लबका नवानिर्वाचित अध्यक्ष विश्वराज बास्तोलाले क्लबको हरेक क्रियाकलापलाई नजिकबाट नियालेको बताउँदै विगतका समस्या ख्याल गरी समाधान गर्न अग्रसर रहने बताए । कार्यक्रम सञ्चालन निवर्तमान सचिव कुशल बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width