पोखरा । मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जितेकी छन् । आइतबार ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस तामाङको ताज पहिरेकी हुन् । मिस कन्फिडेन्टको उपाधि समेत जितेकी रोश्माले १ लाख हात पारेकी छन् ।
बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा भएको प्रतियोगितामा जूना तामाङ फस्ट रनर अप घोषित भइन् । उनले ५० हजार साथमा ताज र ट्रफी प्राप्त गरिन् । सेकेन्ड रनर अप प्रीति तामाङ घोषित हुँदै ३० हजार प्राप्त गरिन् । रेनुका तामाङ भने भ्युअर्स च्वाइसमा पर्न सकिन् । उनले २० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।
यस्तै, मिस टयालेन्ट विकिता तामाङ, जूना तामाङ मिस पपुलर, विपना तामाङ मिस पञ्चुअल, वेस्ट स्माइल लक्ष्मी तामाङ, वेस्ट हेयर जिना तामाङ, वेस्ट स्किन योगिता तामाङ, व्युटि विथ प्रपोज सुमित्रा तामाङ, मिस डिस्प्लिन रेनुका तामाङ, वेस्ट वाक कृतिका तामाङ, फोटोजेनिक निशा तामाङ, ग्रेसफूल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेन्डली मनीषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जिते ।
निर्णायकमा जोन्टा क्लब अफ पोखरा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनर अप सजना वाइवा, जेसीज पोखरा अध्यक्ष गणेश गिरी थिए ।
पोखरामा आइतबार विमान दुर्घटनाका कारण पूर्वनिर्धारित मनोरञ्जनात्मक कार्यक्रमबिनै इभेन्ट आयोजना भएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
प्रतियोगिताको प्रायोजक बिजिबी क्याफे थियो ।
Related News
सम्बन्धित समाचार
सुपर भ्वाइस अफ त्रिवेणी बने किशोर
प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा
माघको चिसोमा ज्योति मगरले तताइन् पोखरा
को होला मिस तामाङ ?
नारायणगोपाल स्मृति साँझ हुने
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९