माछापुच्छ्रे ८ मा वडास्तरीय वडाध्यक्ष कप हुँदै

आदर्श समाज सम्वाददाता
माघ २, २०७९
Lwang Volleyball Photo

पोखरा ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ठाँटी ल्वाङघलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ«े ८ को आयोजनामा माघ १८ देखि २१ सम्म प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । गण्डकी प्रदेशका ८५ वटा पालिकाकामा इमेलमार्फत सूचना गरिएको युवा विकास तथा खेलकुद समन्वय समितिका ल्वाङ घलेलका अध्यक्ष गणेश विकले बताए । उनका अनुसार गण्डकी प्रदेश पालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र महिला भलिबल प्रतियोगिता आयोजना भएको हो । ‘३ पटकसम्म माछापुच्छ्रे गाउँपालिका ८ स्तरीय वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छौं, विकले भने, ‘प्रतियोगिताको लागि गण्डकी प्रदेशका ८५ पालिकाकामा खबर गरेका छौं, प्रदेशको ७५९ वडामा खबर पु¥याउन इमेलमार्फत पालिकामा सूचना पठाएका छौं ।’

पुरुष तर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, दोस्रो हुने समूहले २२ हजार ५ सय ५५ र सेमिफाइनलमा पराजित हुने दुई समूहलाई क्रमशः २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन ५ हजार रुपैया टिम दर्ता शुल्क कायम गरिएको छ ।

यस्तै महिलातर्फ माछापुच्छ्रे गाउँपालिका ८ अन्तर गाउँ स्तरीय प्रतियोगिता सञ्चालन आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, दोस्रो हुने समूहले १५ हजार र सेमिफाइनलमा पराजित हुने दुई समूहले क्रमशः ८ पुरस्कार पाउनेछन्, भने प्रतियोगितामा निशुल्क सहभागिता जनाउने पाउनेछन् । महिला पुरुष दुवै समूहका विजेताले नगदसहित शिल्ड,मेडल, प्रमाणपत्र र विधागत तर्फ पुरस्कार पाउनेछन् ।

खेलकुद प्रतियोगितामा ७ लाख ५० हजार आम्दानी र ७ लाख ४० हजार ६ सय १० रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width