यति एअर दुर्घटना: १० जनासहित ३६ जनाको शव पहिचान

आदर्श समाज सम्वाददाता
माघ २, २०७९
324322283_1449181375611697_3215996024066279267_n

पोखरा। पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन कमल केसीसहित थप १० जनाको सनाखत भएको छ । यसअघि २६ जनाको सनाखत भइसकेको थियो ।
क्याप्टेन कमल केसीका दाजु कृष्णबहादुर केसीले शवको सनाखत गरेका हुन् । क्याप्टेन केसी रुपा गाउँपालिका ३, पोल्याङका हुन् ।

थप सनाखत हुनेमा पर्वतको बिहादीकी ६० वर्षीया जमुना शर्मा, पोखरा ९ नागढुंगाका ५३ वर्षीय शालिकराम आचार्य, पोखरा ४ का डा.सुशील श्रेष्ठ र सोना श्रेष्ठका छोरा, पोखरा ९ की २१ वर्षीया बन्दना सुनार, कास्कीको माछापुच्छ्रे गाउँपालिका २, भुर्जुङखोलाकी ४३ वर्षीया सीता गुरुङ, बागलुङको बडिगार्ड गाउँपालिका ३ की २० वर्षीया गायिका नीरा छन्त्याल छन् ।

यस्तै, पोखरा ८ बगालेटोलका २३ वर्षीया अनुशा गुरुङ, सोही ठाउँका ३७ वर्षीया शिवकुमार गुरुङ, पोखरा ३ नदीपुरका ४४ वर्षीय राजुसिंह ठकुरी, पोखरा १ बगरका ३६ वर्षीय अनिल शाही, फ्रान्सका ६० वर्षीय नागरिक पास्कल एलेक्स एण्डलको पनि शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) ले जनाएको छ ।

काठमाडौंदेखि पोखराका लागि उडेको यति अयरको विमानमा चालक दलका ४ सहित ७२ यात्रु सवार थिए । बिमान आइतबार बिहान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width