अयोध्या लैजाने शिलाको पूजा

आदर्श समाज सम्वाददाता
माघ २, २०७९
Kaligandakiko shilaf

म्याग्दी । हिन्दुहरुको धार्मिकस्थल भारतको अयोध्या लैजाने कालीगण्डकी नदी किनारको शिला आइतबार धार्मिक विधिअनुसार क्षमा पूजापाठ गरिएको छ । बेनी – गलेश्वर सडक खण्डअन्तर्गत बेनी नगरपालिका ६ ठूलो पहिरोस्थित कालीगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामकरण गरिएको शिलाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव तथा पूजारी राजेन्द्रसिङ पङ्कज र जानकी मन्दिरका महन्तलगायतले पूजा गरे ।

१ हजार वर्ष टिकाउ हुने शिलाको पहिचान भएपछि २ शिला गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाले उत्खनन गर्ने तयारी गरेका थिए । शिला १ साताभित्र बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले जनकपुर लगेर मधेश प्रदेशलाई हस्तान्तरण गर्ने र त्यहाँबाट केही दिनमा अयोध्या पु¥याइनेछ । शनिबार शिलाको उच्च स्तरीय टोलीले अवलोकन गरेको थियो । कांग्रेसका पूर्व उपसभापतिसमेत रहेका निधिले संघीय सरकारको मन्त्रीपरिषद् र गण्डकी प्रदेश सरकारबीच सहमति भएपछि अयोध्यामा रामको मूर्ति बनाउन नेपालको तर्फबाट भारत सरकारलाई शिला उपहारस्वरुप दिइएको बताए ।

१ हजार वर्ष टिकाउ हुने शिलाको पहिचान भएपछि २ शिला गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाले उत्खनन गर्ने तयारी गरेका थिए

गत साउन अन्तिम साता नेता निधि अयोध्याधाम पुगेर यसको पहल थालेका हुन् । निधिले राममन्दिर निर्माण समितिका पदाधिकारीलाई भेटेर रामको मूर्ति बनाउन कालीगण्डकीको शिला उपलब्ध गराउने र जनकपुरवासीको तर्फबाट राममन्दिर परिसरमा धातुको शिवधनुष उपहार दिने सहमति भएको जानकारी दिए । उनले शिला उपहार दिँदा भारत र नेपालबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले गण्डकी प्रदेश, जनकपुर र अयोध्यामात्र नभई नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै कालीगण्डकीलाई धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउन टेवा पु¥याउने उनको भनाइ छ ।

संघीय सरकारको मन्त्रिपरिषद्ले गत पुस ३ गते ती शिला जनकपुरको जानकी मन्दिरमार्फत् भारत पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सहमति जनाएपछि कालीगण्डकी नदीमा शिलाको खोजी र अध्ययन सुरु भएको थियो । अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो ।

हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनाराको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । राममन्दिर निर्माण समितिले कालीगण्डकीको शिलाबाट रामजन्मभूमि दाबी गरिएको ठाउँ नजिक रामको मूर्ति बनाउने अयोध्याका प्रतिनिधिसमेत रहेकाका पूजारी राजेन्द्रसिङ पङ्कजले बताए । उनले कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width