विमान दुर्घटनाका २६ जनाको सनाखत

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
067A7340

पोखरा, १ माघ । पोखरामा आइतबार भएको यती एयर दुर्घटनामा २६ जना मृतकको पहिचान भएको छ । शव मंगलबारमात्र आफन्तलाई जिम्मा लगाइने भएको छ ।

दुर्घटनास्थलमा फेला परेकामध्ये ६३ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) ल्याइएकोमा २६ जनाको सनाखत पहिचान भएको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । अन्यको सनाखत हुन बाँकी छ । राति भएकोले उद्धार कार्य आइतबारलाई स्थगित गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

सनाखत भएकाहरुमा पोखरा १३, काहुँडाँडाका २७ वर्षे निशान्त आचार्य, पोखरा १७ घर भइ हाल बालाजु बस्ने संगतिा शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ, पोखरा ४ कै डा. सोना दिवाकर, पर्वतको कुष्मा १ की १० वर्षे रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा १९, बाटुलेचौरककी लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षे अरुण पौडेल, उनका ११ वर्षे छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षे विजयकुमार गुरुङ, सोही ठाउँकी रचना काफ्ले पौडेल, अन्दाजी ३४ वर्षका रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शंकरनगर ८ का डा. गणेश थापा, काठमाडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, पर्वत घर भइ हाल पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, कावासोती ६ का ३५ वर्षे मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन् ।

पहिचान भएका शव सोमबारमात्र आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए सोमबार नै काठमाडौं पठाइनेछ । विमानमा चालक दलका ४ सहित ७२ यात्रु सवार थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width