विमानमा थिए, ५३ नेपाली र १५ विदेशी यात्रु

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
321621477_507781361460654_3191003224354069927_n

पोखरा, १ माघ । नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखरामा दुर्घटनाग्रस्त यति एयरको जहाजमा ५३ नेपाली र १५ जना विदेशी यात्रु रहेको जनाएको छ । एटीआर ७२ को जहाजमा चालक दलको सदस्यमा पाइलट कमल केसीसहित अन्जु खतिवडा, सृजना होंगचुन, ओसीन आले मगर थिए ।

आइतबार बिहान १०ः३२ बजे काठमाडौं त्रिभुवन विमानस्थलबाट पोखराको लागि उडेको जहाजमा ५३ नेपाली, ५ भारतीय, रसियन ४, कोरियन २, आयरल्यान्ड, अष्ट्रेलिया, अर्जेन्टिना, फ्रन्सका १–१ जना रहेको प्राधिकरणले जनाएको हो ।

अहिले उद्धार कार्य जारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width