पोखरा महोत्सवमा स्वरोजगार तालिम

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
pokhara mahotsav 4rth day

पोखरा । एघारौं पोखरा महोत्सवमा शनिबार दर्शकको भीड लागेको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी ११ औैं पोखरा महोत्सवको चौथो दिन शनिबार दर्शकको भीड लागेको हो । शनिबार मात्रै १० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा दर्शकको भीडसँगै आर्थिक कारोबारसमेत बढ्दै गइरहेको छ ।

महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै चिडियाखाना अवलोकनको व्यवस्था मिलाइएको छ । महोत्सव स्थलमै टिकटक बनाइ पुरस्कारको व्यवथा गरिएकाले पनि दर्शकहरु आकर्षित भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा आइतबार माघे संक्रान्तिको अवसर पारी महोत्सव स्थलमा रहेको रेस्टुरेन्टहरुमा माघे संक्रान्तिको अवसरमा खाइने परिकारहरु तरुल, सख्खर, चाकु, खिचडीलगायत परिकारहरु उपलब्ध हुनेछन् ।

महोत्सवमा शनिबार लोकदोहोरी कलाकार प्रकाश सपुतको प्रस्तुतिमार्फत् दर्शकहरुले मनोरञ्जन लिएका थिए । सपुतसँगै लोकदोहोरी गायक जीवन दाहाल, शिवहििर ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, वसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुति रहेको थियो भने साँझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुति रहेको थियो ।

महोत्सवमा आइतबार लोकदोहोरीतर्फ राजु परियार, प्रजापति पराजुली, तारापति सुवेदी, जीवन दाहाल, शिवहरि ढुंगाना, सरस्वती लामिछाने, दिलु लामा, निश्चल थापा, प्रिन्स लम्साल, तुलासा जिसीलगायतको प्रस्तुति रहनेछ भने साँझको लाइभ ब्यान्डतर्फ छेवाङ लामाको प्रस्तुति रहने छ ।

महोत्सवमा महिला स्वरोजगार तालिम

महोत्सव स्थलमा महिला दिदीबहिनीलाई स्वरोजगार तालिम सुरु भएको छ । सीप सिकी उद्यमशील बनौं, आय आर्जनका क्रियाकलापमा संलग्न भई आत्मनिर्भर बनौं नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा स्वरोजगार तालिमको आयोजना गरिएको हो ।

पिछडिएका, जनजाति र एकल महिला लक्षित स्वरोजगार तालिम पोखरा १० का अध्यक्ष राजेश गुरुङले उद्घाटन गरे । उनले तालिममा सहभागी महिला दिदीबहिनीहरुले तालिममा सिकेका कुरालाई आफ्नो टोल छिमेक, समाजमा गई त्यहाँ आबद्ध दिदीबहिनीलाई समेत सिकाएर स्वरोजगार बनाउनतर्फ लाग्नुुपर्नेमा जोड दिए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेशका निमित्त निर्देशक तिलबहादुर रानाभाटले आफूहरुले विभिन्न संघ संस्था तथा वडाहरुसँग सहकार्य गरी महिला दिदीबहिनीलाई स्वरोजगार तालिमहरु प्रदान गर्दै आइरहेको र पोखरा महोत्सवमा जारी स्वरोजगार तालिममा पर्याप्त समय नभए पनि स्वरोजगार बन्न चाहनेलाई लक्षित गरी तालिमलाई निरन्तरता दिने बताए ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको माध्यमबाट महिला दिदीबहिनीलाई हस्तकला तालिम प्रदान गरी स्वरोजगार बनाउनतर्फ आफूहरु लागिपरेको बताए । तालिममा २० जना महिला सहभागी छन् । तालिममा स्वेटर, मोजा, टोपी, गलबन्दी, पञ्जालगायत हस्तकलाका सामग्रीहरु निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width