दीपाका धुनमा झुमे पोखरेली

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
Taste of Harmony Photo

पोखरा । हार्मोनी पोखराले आयोजना गरेको ‘रारा टेस्ट अफ हार्मोनी’ मा गायिका दीपानारायण झाका गीतमा पोखरेली झुमेका छन् ।

पोखरा सभागृहमा शुक्रबार साँझ भएको कार्यक्रममा सयौंको संख्यामा संगीतप्रेमी उपस्थित थिए ।
गायिका झाले उक्त सांगीतिक कार्यक्रममा आफ्ना पुराना गीत प्रस्तुत गरेकी थिइन् ।

‘हार्मोनी’ ले गायिका दीपा झाप्रति सम्मान प्रकट गर्दै चौंथो संस्करणको कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको थियो ।

उनीसँगै इतु जोजिजू, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज सेयर गर्दै आफ्नो प्रस्तुति दिएका थिए । यस्तै, रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुति रहेको हार्मोनी पोखराले जनायो । झाका कुसुमे रुमाल, चियाबारीमा, इशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघिअघि, सम्झना बिर्सना लगायत थुप्रै गीत सो कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान प्रस्तुतकर्ता रहेको कार्यक्रममा क्यान्सरपीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानोवादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिएको थियो ।

३३ सदस्य रहेको संस्थाले लेजेन्ड्री हार्मोनियस इभिनिङ, हर्मोनी प्रोत्साहन, सम्मान हुँदै धुनमा तारादेवी र अरुणा लामा गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width