पोखरा । पोखरामा आइतबार मिस तामाङको ग्रान्ड फिनाले हुँदैछ । पोखरा सभागृहमा हुने प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
युवापुस्तालाई कला, संस्कृतिको जर्गेनामा सघाउने उद्देश्यले बैदाम तामाङ सेवा समाज पोखराले सो प्रतियोगिता आयोजना गरेको अध्यक्ष ज्याक तामाङले बताए । प्रतियोगितामा लक्ष्मी तामाङ, रेनुका तामाङ, अर्विना तामाङ, जुना तामाङ, नीशा तामाङ, विकिता तामाङ, सुप्रिया तामाङ, योगिता तामाङ, आकृति तामाङ, विपना तामाङ, मनीषा तामाङ, जिना तामाङ, सुमित्रा तामाङ, कृतिका तामाङ र रोश्मा तामाङ प्रतियोगी हुन् ।
कार्यक्रम संयोजक राम लामाका अनुसार फस्ट रनरअपले ५० हजार र सेकेण्ड रनरअपले ३० हजार साथमा ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसले २० हजार पाउने छन् । कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्रान्ड फिनालेमा गायिका डोल्मा ह्याल्मोको प्रस्तुति रहने छ ।
गण्डकीका नवनियुक्र मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा वरिष्ठ पाइलट एवं कलाकार विजय लामा अर्का आकर्षण हुन् ।
Related News
सम्बन्धित समाचार
सुपर भ्वाइस अफ त्रिवेणी बने किशोर
प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा
माघको चिसोमा ज्योति मगरले तताइन् पोखरा
रोश्मा भइन् मिस तामाङ
नारायणगोपाल स्मृति साँझ हुने
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९