पोखरामा मगर सांस्कृतिक उत्सव

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
Magar 3

पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजना पोखरमा शनिबार असहाय तथा विपन्नको सहयोगार्थ मगर सांस्कृतिक उत्सव भएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रवद्र्धनमा पोखरा सभागृहमा आयोजित कार्यक्रममा विविध क्षेत्रका व्यक्तित्वको सम्मानसमेत गरियो । सम्मानित हुनेमा पत्रकार रुद्रबहादुर श्रीसमगर, गोर्खा मिडिया प्रालि युकेका अध्यक्ष मिलन गुरुङ र गायिका कविता आलेमगर छन् ।

गायिका एवं मोडल ज्योति मगर, गायिका कविता आलेमगर, लोक तथा दोहोरीगायिका गीता पाइजा, लोक तथा दोहोरीगायक कुमार पुनमगर, गायक नवीन राना मगर लगायत कार्यक्रमका आकर्षण रहेका थिए । यसअघि घुम्टे मगर समाजले सोरठी नृत्य र नेपाल मगर संघ कदम मार्ग इकाइ चाउथेले कौराह नृत्य प्रस्तुत गरेका थिए । अन्य कलाकारले पनि नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका नवनियुक्त बिनाविभागीय मन्त्री पञ्चराम गुरुङले मगर समुदायलाई राज्यले नै ओझेलमा पार्न खोजेको हो बताए । अब आफूले यो समुदायको उत्थानको लागि काम गर्ने प्रतिबद्धता जनाए । धन, जवानी र पद स्थायी वस्तु नभएको बताउँदै उनले इमानदारिता, विश्वशनीयता र आत्मीयता आफ्नो जीवनको मन्त्र भएको सुनाए ।

नेपाल मगर सांस्कृतिक संघ, कास्की अध्यक्ष सरिता सारुमगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलु फगामीमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठान अध्यक्ष सूर्य खड्का बिखर्चीको समेत उपस्थित रहेको कार्यक्रमको संचालन संस्थाकी सचिव वसन्ती थापामगर र जूना थापामगरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width