गोगन माविको ५५ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १, २०७९
gogan school

पोखरा । गोगन मावि, पोखरा–३२ को ५५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य गोगन मावि कास्कीमै उत्कृष्ट ५ भित्र पर्न सफल भएकोमा बधाई दिए ।

उनले महानगरले छिट्टै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम ल्याउन लागेको र विद्यालयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी प्रदेशका पूर्व सांसद तथा अर्थ विकास समितिका सभापति दीपक कोइराला र पोखरा ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

सो अवसरमा पछिल्लो वर्षको मूल्यांकनमा उत्कृष्ट हुने शिक्षक कर्मचारीलाई सम्मान गरियो । सम्मानित हुनेमा प्रअ डम्मरप्रसाद पौडेल, लक्ष्मीनाथ भट्टराई, जनार्दन आचार्य, कुलदीप तिवारी, राधादेवी रेग्मी, अजय घिमिरे, रेनु गुरुङ र सूर्यप्रसाद श्रेष्ठ छन् । पूर्व प्रअ चन्द्रावती पौडेल र शिक्षक सुरेशराज ढकाललाई बिदाइ स्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेलले स्वागत मन्तब्य राख्दै १ हजार ८ सय ५३ विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई शैक्षिक हवरूपमा विकसित गर्न महानगरको साथ र सहयोगको अपेक्षा गरे । विद्यालय प्रअ नारायणप्रसाद बरालले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । विद्यालय अध्यक्ष मेघराज पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको संचालन शिक्षकद्वय विनोद भण्डारी, विद्याकुमारी आचार्य र विद्यार्थी प्रतीक थापाले संयुक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width