पोखरा । जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उनी ३ महिना ९ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्चमा पुनरावलोकन निवेदन परेकोमा अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो ।
उनलाई काठमाडौं उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।
एक नावालिकाले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेपछि सन्दीप त्यसको एक महिनापछि २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । उनीविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसहित काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९