लमजुङ । लमजुङमा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा राइनास नगरपालिका–९ का ४२ वर्षीय बेलराम गुरुङ हुन् ।
जिल्ला प्रहरी कार्यालय, लमजुङले बिहीबार कार्यालयमा पत्रकार सम्मेलन गरी ती अभियुक्तलाई सार्वजनिक गरेको हो ।
उनीमाथि २०७४ मंसिर ११ गते राति साढे ९ः३० बजेको समयमा सोही नगरपालिका–९, कुडुले गाउँ बस्ने ५४ वर्षीय हितमान श्रेष्ठलाई चारपाटे दाँउरा (काठ) ले टाउकोमा प्रहार गरी मारेको अभियोग छ । घटनालगत्तै उनी फरार थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलका अनुसार निजले छिमेकी जिल्ला चितवनमा पहिचान समेत लुकाई अर्कै नामको परिचय बनाई लुकिछिपि बस्ने गरेका थिए ।
श्रीमलले भने, ‘लमजुङबाट खटिएको विशेष अनुसन्धान प्रहरी टोलीले प्रतिवादी बेलराम गुरुङलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेको हो । उनलाई भरतपुर–१६ विजयनगरस्थित आशमान गुरुङको नाउँमा लुकिछिपि बसेको अवस्थामा पुुस २७ गते पक्राउ गरिएको हो ।’
जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, ‘पक्राउ परेका गुरुङविरुद्ध लमजुङ जिल्ला अदालतमा पेस गरी पहिलो पटक ५ दिनको म्याद अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य सुरु गरिएको छ ।’ मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसूरअन्तर्गत कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । मुलुकी अपराध संहिता, २०७४ को सो दफा अनुसार कर्तव्य गरी मानिस मार्ने व्यक्तिलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ । लमजुङ प्रहरीले पुस महिनामा मात्र विभिन्न मुद्दाका २० जना अभियुक्त पक्राउ गरेको जानाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
प्रहरी हुँ भन्दै ७ लाख ठगी
लागु औषधसहित पक्राउ
महतोलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन – पत्रसहित
पलले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९