असल पशुपालन अभ्यास अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
पौष २८, २०७९
manipal news 2

पोखरा । कास्कीमा खाद्य स्वच्छता र असल पशुपालन अभ्यासको भूमिकाबारे अन्तक्र्रिया भएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा खाद्य स्वच्छतासँगै पशुपालनबारे प्रस्तुतीकरण राखिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले खाद्य ऐन, खाद्य स्वच्छता, खाद्य लेबलबारे प्रस्तुति राखेका थिए । उनले आफ्नो कार्य क्षेत्र र अनुगमनका बारेमा जानकारी दिएका थिए । सरकारले पछिल्लो समय १ सय ३७ खाद्यवस्तुको गुणस्तर तोकेको छ । त्यसमा दूध र मासुजन्य पदार्थ पनि पर्ने हुँदा यसको गुणस्तरमा ध्यान नदिए हुने दण्ड, सजायँ, जरिवाना र क्षतिपूर्तिका बारेमा जानकारी दिएका थिए ।

यस्तै, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना पोखरा इकाइका प्रमुख डा. रेशमराज ज्ञवालीले पशुजन्य खाद्यपदार्थ र दूध र मासुको स्वच्छताका लागि असल पशुपालनसम्बन्धमा प्रस्तुति राखेका थिए । गोठदेखि ओठसम्म खाद्य स्वच्छताको मौलिक हकमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले दूध र मासुजन्य पदार्थको विशेषता, फाइदा र बिग्रेमा यसले पार्ने असरका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । दूध र मासुजन्य पदार्थको संकलन, ढुवानी, चिस्याउने र प्रशोधनमा ध्यान दिएमा असल पशुपालनको नमूना बन्ने उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईंले अन्तक्र्रियाले खाद्य सुरक्षाको अधिकार सुनिश्चित गर्न सघाउने बताए । कृषिमा नीतिगत र प्राविधिक समस्या रहेको जानकारी गराउँदै सुधार्दै जानुपर्ने बताए । अन्तत्र्रिmयाको सारांश मन्त्रालयमा बुझाउन उनको आग्रह थियो । जसले गर्दा आगामी कार्यक्रम बनाउन सहयोग पुग्ने उनले बताए ।

उपभोक्ता मञ्च गण्डकी कोषाध्यक्ष मीना रानाभाटले उत्पादकमा इमानदारिता र उपभोक्तामा सचेतना भएमा खाद्य अधिकार सुरक्षित हुने बताइन् । यसका लागि उपभोक्ता मञ्च सहकार्य गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका वरिष्ठ अनुगमन तथा खाद्य अनुसन्धान अधिकृत प्रवेश शर्माले उत्पादित वस्तुको बजारीकरण र गुणस्तरीय उत्पादनमा जोड दिन कार्यक्रम आयोजना गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width