पृथ्वीनारायण शाहलाई सरकारले न्याय गर्‍याे: मन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
पौष २७, २०७९
pancha

पोखरा । गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्षपछि राज्यले पृथ्वीनारायण शाहमाथि न्याय गरेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्मजयन्ती मनाएर राम्रो काम गरेको उनको भनाइ छ ।

राप्रपा कास्कीले ३०१ औं पृथ्वीजयन्ती तथा एकता दिवस अवसरमा बुधबार आयोजना गरेको कार्यक्रमअन्तर्गत जामुनबोटस्थित शाहको सालिकमा माल्यापर्ण गर्दै मन्त्री गुरुङले शाहको दिव्य उपदेश अनुशरण गर्नुपर्ने पनि बताए ।

‘नेपाल दुई ढुंगाबीचको तरुल हो,’ ‘घूस लिन्या र घूस दिन्या दुवै राष्ट्रका शत्रु हुन्,’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

प्राडा दिलबहादुर क्षत्रीले राप्रपाले मात्र नभइ सम्पूर्ण नेपाली जनताले पृथ्वीनारायण शाहलाई सम्झनुपर्ने बताए । पृथ्वीलाई जाति र संस्कार र समुदायभन्दा माथि राखेर सबैको साझा बनाएर सम्मान गर्नुपर्ने हुन्छ ।

आजभन्दा करिब ३ सय वर्षअघि बाइसे अनि चौबिसे राज्यहश्रका रूपमा नेपाल एउटा विभाजित अनि स–साना राजा रजौटाको देश थियो ।

१७७९ पुस २७ मा पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा उनको जन्म भएको हो । उनले नै आधुनिक नेपालको खाका कोरेका हुन् । पृथ्वीनारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पञ्जाबदेखि सिक्किम सम्मका नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उति बेला रहेको थियो । यी राजालाई नेपालमात्र नभई दक्षिण एसियासम्म एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रूपमा हेरिन्छ ।

उनको जन्मदिन अवसरमा सरकारकाले यस वर्ष सार्वजनिक बिदासमेत दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width