लालीगुराँस टोल विकासमा सरस्वती

आदर्श समाज सम्वाददाता
पौष २५, २०७९
Laligurans Tole

पोखरा । लालीगुराँस टोल विकास संस्था पोखरा–८ अध्यक्षमा सरस्वती गिरी चयन भएकी छन् । संस्थाको सोमबार १३ औं साधारण सभा तथा सातौं अधिवेशनबाट गिरीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

कार्यसमिति उपाध्यक्ष कृष्णकुमारी थापा क्षत्री, सचिव सुनिता गिरी, कोषाध्यक्ष दुर्गा थापा, सहसचिव इना कार्की र सहकोषाध्यक्ष गंगा गिरी चयन भए । सदस्यमा तारा गिरी, गंगा कार्की, भोजमाया भण्डारी, सिर्जना रिजाल कार्की, खिमा गिरी, अनुसा गुरुङ, विष्णु खत्री र ज्ञानु गिरी छन् ।

संस्थाका सल्लाहकार मेनका बराल संयोजक तथा राधा क्षत्री र डिलु भण्डारी सदस्य रहेको ३ सदस्यीय समितिले निर्वाचन सम्पन्न गरेको थियो ।

साधारण सभाको पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरेका थिए । उनले टोल विकासका कार्यमा वडाले सहकार्य गर्ने बताए । साथै उनले सामाजिक, सांस्कृतिक जागरण र सरसफाइ कार्यमा टोल विकासको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, सृजना विकास केन्द्र पोखराका पूर्व अध्यक्ष सोमनाथ बराल, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुष्मा पहारी, निवर्तमान अध्यक्ष मानकुमारी बराल, सल्लाहकार मेनका बराल, ज्येष्ठ सदस्य इन्द्र कार्की र भद्रिका थापाले शुभकामना मन्तव्य राखेका थिए ।

सभा उद्घाटन समारोहबीच संस्थालाई विशेष योगदान पुर्‍याउने महानुभावलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो । सम्मानित हुनेमा पूर्व सल्लाहकार टेकन गिरी, लेखापरीक्षक शिवराज बराल, निवर्तमान अध्यक्ष मनकुमारी बराल र निवर्तमान कोषाध्यक्ष सुनिता गिरी छन् । यसैगरी गंगा कार्की, खिमा गिरी, सुशीला गिरी, शान्ता घले र दुर्गा थापालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

संस्था अध्यक्ष मंगली बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती गिरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । यस्तै, सचिव कृष्णकुमारी थापा क्षत्रीले प्रगति विवरण र कोषाध्यक्ष सुनिता गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width