संकटा आहारारामा दोस्रो पल्ट च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष २३, २०७९
321948501_522297976541467_543725670828429947_n

पोखरा, २३ पुस । संकटा क्लबले २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा फाइनलमा अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब (बिवाईएससी) मिनिसोटालाई ३–२ गोलअन्तरले पराजित गर्दै दोस्रो पल्ट उपाधिमा नाम लेखाउन सफल भएको हो । संकटा १९ औं संस्करणको पनि च्याम्पियन हो ।

निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेटको उत्तरार्धमा केही मिनेट सम्हालिन नसक्दा पाहुनाटोलीको दोस्रो पल्टको सहभागिता पनि उपाधिविहीन बन्यो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि क्याप्टेन सुनिल बलले निर्णायक गोल गर्दै १२ लाख रुपैयाँको हकदार बनाएका हुन् । उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा संकटाका लागि सुरजज्यू ठकुरीले अग्रता दिलाएकोमा पहिलो हाफमै मिसुकीले गोलअन्तर दोब्बर पारेका थिए । मिसुकीले गोल गरेको १ मिनेट नबित्दै बिवाईएसी गोल गर्दै खेलमा फर्किएको थियो । उसको लागि रेने सान्टिलनले गोल गरे भने पहिलो हाफको इन्जुरी टाइममा विलिस ग्रिफ्फिटले गोल गर्दै बराबरी खेले । पहिलो हाफ २–२ गोलको सकिएकोमा दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।

Picture Courtesy: Sudarsan Ranjit

Related News

सम्बन्धित समाचार

hero news full width