पोखरा। नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०७८’ साहित्यकार दीपक समीपद्वारा लिखित मुक्तक सङ्ग्रह ‘अक्षर अक्षरमा देश’ कृतिलाई प्रदान गरिने भएको छ ।
डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले २०७८ सालमा गण्डकी प्रदेशभित्रका लेखकहरूबाट प्रकाशित कृतिहरूमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरेको हो । नेपाली लेखक सङ्घ कास्कीको सोमबार बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिद्वारा गरिएको निर्णयलाई अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सहसचिव प्राञ्जलले जानकारी दिए ।
चालीसको दशकको उत्तरार्धबाट नेपाली साहित्य साधनामा निरन्तर क्रियाशील समीपको यो दोस्रो प्रकाशित कृति हो ।यसअगाडि उनको ‘भूगोलभित्र नकोरिएको देश’ गजलसङ्ग्रह २०६२ सालमा प्रकाशित भएको थियो । उक्त कृतिले पनि सुदूर पश्चिमाञ्चल गजल मञ्चले प्रदान गर्ने गजल साधना सम्मान–२०६३ बाट पुरस्कृत भएको थियो । यसबाहेक विभिन्न पत्रपत्रिकामा उनका रचनाहरू पचासको दशकबाटै निरन्तर प्रकाशित हुँदै आइरहेका छन् ।
विशेषगरी गीत, गजल, मुक्तक, कविता र आख्यान लेखनमा सक्रिय उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्षसमेत हुन् । थुप्रै साहित्यिक एवम् सामाजिक संघसंस्थामा सफलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनी पोखरेली साहित्यिक वृत्तमा अत्यन्तै सक्रिय छन् । साहित्य सिर्जना र साहित्यिक गतिविधि सञ्चालनमा उनको लोभलाग्दो सक्रियता रहँदै आएको छ ।
२०७८ सालमा प्रकाशित कृतिहरू सङ्कलन गरी कार्तिक २७ गते बसेको कार्यसमिति बैठकले उत्कृष्ट ७ कृति छनोट गरी अन्तिम निर्णयका लागि पुरस्कार छनोट समितिसमक्ष सिफारिस गरेको थियो । साथै पुरस्कार छनोट समितिले कृतिहरूको विस्तृत अध्ययन गरी मङ्सिर २९ गते बसेको बैठकबाट समीपको कृतिलाई पुरस्कारका लागि छनोट गर्ने निर्णय गरिएको थियो । डा. ईश्वरमणि अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिका सदस्यहरूमा डा. भूमिराज बस्ताकोटी, ईशा शाह, संस्थाका अध्यक्ष सञ्जीव पौडेल र सचिव कमल पौडेल ‘अथक’ रहेका थिए ।
गणेश शर्माको अध्यक्षतामा रहेको कार्यसमितिले २०७५ सालमा स्थापना गरेको यस पुरस्कारबाट हालसम्म सरोज अर्यालद्वारा लिखित उपन्यास ‘दिव्याञ्जलि’ (२०७५) र डा. मतिप्रसाद ढकालद्वारा लिखित कृति ‘महाभारतमा के छ ?’ (२०७७) पुरस्कृत भइसकेका छन् । २०७६ सालको पुरस्कार भने कोभिड–१९ का कारण प्रदान गर्न नसकिएको संस्थाका अध्यक्ष सञ्जीव पौडेलले जानकारी दिए । आगामी माघ महिनामा आयोजना गरिने एक विशेष समारोहमा सो पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सिर्जनशीलमा ‘डरको राजनीति’ बारे अन्तक्र्रिया
कास्कीकाे चापाकोट देउराली महोत्सव तयारी
लेखनाथ साहित्य प्रतिष्ठानमा पद्मराज ढकाल
अलि मियाँ प्रतिष्ठानमा नयाँ कार्यसमिति
पोखरेली युवा सांस्कृतिक परिवारमा सामूहिक साहित्यिक जयन्ती
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९