चर्च ब्वाइज सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
पौष १७, २०७९
322020067_867460154298436_2527828635764183987_n

पोखरा । चर्च ब्वाइज युनाइटेड फुटबल क्लब २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा आफूलाई सुरक्षित गरेको हो । रोचक त के छ भने मच्छिन्द्र लिगविजेता हो भने चर्च ब्याइज नवप्रवेशी टिम हो ।

उसको जीतमा आशीष चापागाईंले २ र आशीष चौधरीले १ गोलको योगदान दिए । मच्छिन्द्रको तर्फबाट खेलको अन्त्यतिर सौरव सुब्बाले सान्त्वना गोल फर्काए । जीतसँगै चर्च ब्वाइज अब दोस्रो सेमिफाइनलमा मनाङ मस्र्याङदी र अमेरिकाको भुटानीज युथ एससीको विजेतासँग खेल्नेछ । चर्च ब्वाइजले पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै विजयी यात्रा सुरुआत गरेको थियो ।

सोमबार तेस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

२३ पुसमा हुने फाइनलमा आयोजक सहारा क्लब पोखराले विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख दिने घोषणा गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width