पोखरामा मनाइयो लेखनाथ जयन्ती, सम्मान र पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
पौष १५, २०७९
lekhnath jayanti (1)

पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीका अवसरमा विविध क्षेत्रका चार व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।

कवि जन्मस्थल अर्घौं अर्चलेमा शुक्रबार आयोजित समारोहमा लेखनाथ साहित्य पुरस्कारबाट भाषा विज्ञानका ज्ञाता प्राडा चुडामणि बन्धु (रेग्मी) पुरस्कृत भए । यसैगरी गायिका हरिदेवी कोइरालालाई कुन्तीदेवी साहित्य पुरस्कार प्रदान गरियो । लेखनाथ आरुपाटाका वेदनाथ अधिकारीलाई लेखनाथ सांस्कृतिक पुरस्कारले सम्मानित गरियो । पत्रकार सरिता तिम्सिना पंगेनी लेखनाथ पत्रकारिता पुरस्कारबाट सम्मानित भइन् ।

गण्डकी प्रदेशका नवनिर्वाचित सभासद खगराज अधिकारीले पुरस्कृत व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरेका थिए भने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दोसल्ला ओढाएका थिए । लेखनाथ साहित्य पुरस्कारबाट सम्मानित पाल्पा घर भएका प्राडा रेग्मीले २०२८ सालको मदन पुरस्कार पनि पाएका थिए । प्रतिष्ठानबाट संचालित लेखनाथ साहित्य पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

पोखरा प्रज्ञा प्रतिष्ठान, पोखरा महानगरपालिका, लायन्स क्लब अफ लेखनाथ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानले लेखनाथ जयन्ती मूल समारोह आयोजना गरेर लेखनाथ जयन्ती मनाएका हुन् । पोखरा– ४ गणेश टोलकी गायिका कोइराला भने नेपाली लोक संगीतको क्षेत्रकी लोकप्रिय हस्ताक्षर हुन् । उनले पाइन खबर लगायत दर्जनौं सदावहार गीत गाएकी छन् । थुप्रै गीत लेखेकी पनि छन् । लेखनाथ पौडेलकी कान्छी छोरी कुन्तीदेवीका सन्तानबाट स्थापित कुन्तीदेवी साहित्य पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । अधिकारीलाई प्रदान गरिएको लेखनाथ सांस्कृतिक पुरस्कार भने प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले स्थापित गरेका हुन् । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।


मूल थलो हेम्जा भई हाल लेखनाथकी वासिन्दा पत्रकार तिम्सिना पगेनी नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख हुन् । लेखनाथ पत्रकार मञ्चद्वारा यो पुरस्कार स्थापना गरिएको हो । पत्रकारिताका माध्यमबाट लेखनाथ क्षेत्रको समृद्धि र विकासमा योगदान पु¥याएको भन्दै उनलाइ ११ हजार एक सय ११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो । २०७३ सालबाट पत्रकारितामा आवद्ध उनी पोखरा पोष्ट डटकममा प्रधान सम्पादकका रुपमा रहेकी छन् ।

कार्यक्रमका अवसरमा विभिन्न छात्रवृत्ति पनि वितरण गरिएको थियो । लायन्स क्लब अफ लेखनाथले कविशिरोमणि जयन्तीका अवसरमा आयोजना गरेको कविता लेखन तथा वाचन कार्यक्रमका विजेता विद्यार्थीलाई पनि कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । कवि शिरोमणि आधारभूत विद्यालयका विद्यार्थीका लागि कपडा वितरण गरियो ।

लेखनाथ जन्मस्थल विकास समितिका कार्यवाहक अध्यक्ष गोपि पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सभासद खगराज अधिकारी, महानगर प्रमुख आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्य खड्का विखर्ची, डा प्रतिभा पाण्डे, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई, पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपाने, पुरस्कृति व्यक्तित्व बन्धु, कोइराला, अधिकारी र तिम्सिना, प्रतिष्ठानका अध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, लेखनाथ साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. रविलाल अधिकारी, वडा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ र लायन शिव प्रसाद लामिछानेले भनाई राखेका थिए । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव कृष्णराज पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width