गण्डकी प्रदेश सभामा नवनिर्वाचित सदस्यले लिए सपथ

आदर्श समाज सम्वाददाता
पौष १४, २०७९
gandaki  parle

पोखरा । गण्डकी प्रदेश सभामा नवनिर्वाचित सदस्यहरुले आज पुस १४ गते बिहीबार पद तथा गोपनीयताको सपथ लिएका  छन् ।

६० जना सदस्यमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बस्यालले आज शपथग्रहण गराए । प्रदेश सभा सदस्यहरु जातीय पाेसाकमा सजिएर आएका थिए ।

पार्वती तामाङ, सरस्वती गुरुङ र पञ्चराम गुरुङले मातृ भाषामा सपथ खाएका छन् ।

नयाँ सदस्यको स्वागतमा प्रदेश सभा भवन सिँगारिएको छ भने भवन अगाडि रातो कार्पेट विछ्याइएको थियो ।

६० सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ सदस्य छन् । एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सदस्य छन् । यहाँ सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ ।

पछिल्लो फेरिएको समीकरण अनुसार एमाले र माओवादी मिल्दा पनि सरकार बन्न सक्दैन । यसका लागि राप्रपाको साथ चाहिन्छ । केन्द्रीय गणित अनुसार गण्डकीमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाएर, माओवादीका हरिबहादुर चुमानलाई दोस्रो बरियतामा राख्ने तयारी भइरहेको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले दलको नेता चयन गरिसकेका छन् । प्रदेश प्रमुखले पुस १८ गतेबाट प्रदेश सभा वैठक डाकेका छन् । त्यसपछि मात्र सरकार गठनका लागि उनले आह्वान गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width