३० औं त्रिवेणी कप फुटबल सुरु

आदर्श समाज सम्वाददाता
पौष १४, २०७९
triveni (2)

लमजुङ । लमजुङमा सर्वाधिक पुरस्कार राशि भएको पहिलो हुने टिमलाई पाँच लाख रुपैयाँको ३० औं त्रिवेणी कप फुटबल शुरु भएको छ । सदरमुकाम बेसीशहर– ७ स्थित फुलसाइजको सहजी खेल मैदान(त्रिवेणी रंगशाला)मा ३० औं त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला फुटवल प्रतियोगिता शुरु भएको हो ।

गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले खेलाडीलाई बल हस्तान्तरण गर्दै सो प्रतियोतिगाको उदघाटन गरे । उनले विकासले राष्ट्रको गौरव बढाउने, राष्ट्रको पहिचान राख्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले लमजुङ खेलको विकास गर्न आफैं नेतृत्व लिएर अघि बढ्न तयार रहेको समेत उल्लेख गरे । विभिन्न विद्यालय, क्लब, एन्फाको खेलकुद समेत सहजी खेलमैदानमा हुने भएकाले यसको स्तरउन्नतिमा सबै मिलेर लाग्नुपर्ने उनको भनाई छ । जिल्लाको आवश्यकता अनुसार स्वार्थभन्दा माथि उठेर, आग्रह पूर्वाग्रहमा नपरी जिल्लाको विकासलाई साझा मुद्दा बनाएर सबै लाग्नुपर्ने उनले उल्लेख गरे । उनले खेललाई अनुशासित, मर्यादित रुपमा सम्पन्न गराउन अनुरोध गर्नुगरे ।

जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले खेलको विकासमा सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । पूर्वाधार निर्माण, खेलाडीको क्षमता विकासमा समन्वय र सहयोगका साथ अघि बढ्नुपर्ने बताए । उनले खेलकुदको विकासमा एकताका साथ लाग्नुपर्ने, सबैको ध्यान पुग्नुपर्ने बताए । बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्यालले त्रिवेणी कप जिल्लाकै ठूलो र प्रभावकारी रहेको बताए । उनले मैदान बनाउन सांसदसंगै नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

जिल्लामा फुटबल खेलको विकास र प्रवर्धन गरी व्यावसायीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजक क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

विभिन्न व्यक्तित्वले शुभकामना दिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, वडा नं. ८ का अध्यक्ष पवित्रा थापा राना, ७ का अध्यक्ष ऋषि बस्नेत, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाललगायतको सहभागिता थियो । त्रिवेणी युवा क्लब बेसीशहरका अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्द्र रानाले स्वागत र सचिव प्रवीण वाग्लेले सञ्चालन गरेका थिए ।
उदघाटन पछि भएको मैत्रीपूर्ण खेल आयोजक त्रिवेणी युवा क्लब र चण्डीप्रसाद गण उदीपुरबीच भएको थियो । सो खेलमा १ का विरुद्ध ६ गोल गरी त्रिवेणी युवा क्लब बेसीशहर बिजयी भएको आयोजकको भनाई छ । बिजयी आयोजकले बिजयी भए बापत खसी प्राप्त गरेको छ । सो प्रतियोगितामा देशभरका १४ क्लबले भाग लिएका छन् ।

त्यसपछि भएको प्रतियोगिताको पहिलो खेल बुद्ध शान्ति क्लब भोटेओडार र आयोजक त्रिवेणी युवा क्लब बीच भएकोमा १– २ गोल गरी भोटेओडार टिम अघि बढेको छ ।

सो प्रतियोगितामा पहिलो हुने टिमलाई ५ लाख रुपैयाँ, त्रिवेणीकप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई छ । त्यस्तै, दोस्रो हुनेलाई ३ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र तथा सेमिफाइनलका उपविजेता २ टिमलाई ५०/५० हजार रुपैयाँ नगद प्रदान गरिने छ । यसैगरी सर्वोत्केष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १५/१५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष बिनोद गुरुङले बताए । उनका अनुसार अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने सेमीफाइनलेखि म्यान अफ दि म्याच समेत घोषणा गरिने छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width