विजेतालाई १ करोडसहित गायन तथा नृत्य रियालिटी सो हुँदै

आदर्श समाज सम्वाददाता
पौष १३, २०७९
Singing & Dancing reality show calls for application(nepali)

पोखरा । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ हुने भएको छ ।

प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेसनल एपमार्फत् आवेदन दिन सक्ने फाउन्डेसनले जनाएको छ । जसमा १८ वर्षमाथिका व्यक्तिले भाग लिन सक्ने छन् । ती सोमा सहभागी हुन चाहने विश्वभरका नेपालीभाषीले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर रजिस्टर गर्न सक्छन् ।

फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’ प्राथमिक छनोट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ । यी दुवै सोहरुको आवेदन दिने मिति जनवरी अन्त्यमा तोकिएको छ ।

कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’ निर्णायकमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधान रहने छन् । मेरो डान्स यूनिभर्स’ को निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहने छन् ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’  विजेताले जनही १ करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पाउने

‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले १ करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउने छन् । उता, ‘मेरो डान्स यूनिभर्स’ को विजेताले पनि १ करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार प्राप्त गर्ने छन् ।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशबाट पनि नेपालीभाषीको सहभागिताको अपेक्षा राखेको जनाएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो । जसले नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनामा काम गरिरहेको छ । फाउन्डेसनले आफ्ना परियोजनामार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ । हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयमार्फत नेपालीभाषी समुदायमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको जनाएको छ ।

फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी २ फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ । जुन क्रमशः दुई र चार सिजन सञ्चालन भएका छन् । फाउन्डेसनले प्रसिद्ध शिक्षकको नेतृत्वमा निशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै आएको छ । यी कक्षाबाट करिब ५ सय विद्यार्थी लाभान्वित भइरहेका छन् । त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपालीभाषी समुदायमा फुटबल, क्रिकेट, स्नुकर र भलिबलजस्ता विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको जीवनशैलीलाई उकास्न सक्रियरूपमा काम गरिरहेको छ । ती शिविरमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width