पोखरा । पिएन क्याम्पसमा अन्तरसंकाय खेलकुद प्रतियोगिताअन्तर्गत ५ किलोमिटर छात्रछात्रा दौड भएको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेको सो प्रतियागितामा छात्रतर्फ ३२ जना र छात्रातर्फ २१ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
व्यवस्थापन (विविएस) संकायका सञ्जोग घर्तीले १७ः५१ मिनेटमा दौड सम्पन्न गरी प्रथम स्थान प्राप्त गरे ।
सोही संकायकै विवेक तिलिजाले १८ः०७ मिनेटमा दौड सम्पन्न गरी दोस्रो र आकाश थापाले १८ः५३ मिनेटमा दौड सम्पन्न गरी तेस्रो भए ।
छात्रातर्फ व्यवस्थापन (विविएस) संकायकी अनिशा भण्डारीले २५ः३६ मिनेटमा दौड पूरा गरी प्रथम, अञ्जु गिरीले २५ः५७ मिनेटमा दौड सम्पन्न गरी दोस्रो र मानविकी (विए) संकायकी सुशीला शाहीले २६ः२४ मिनेटमा दौड सम्पन्न गरी तृतीय भइन् ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले प्रतियोगिता उद्घाटन गरेका हुन् । खेलकुदमा विश्व परिवर्तन गर्ने शक्ति भएको र यो एक आधारभूत अधिकार पनि भएकोले प्रतियोगिता आयोजना गरिएको कर्मचारी राजेन्द्र सुवेदीले बताए ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९