आहारारा पोखरा गोल्कडप भोलिदेखि

आदर्श समाज सम्वाददाता
पौष १३, २०७९
aaha rara

पोखरा । २२ औं आहारारा पोखरा गोल्डकप बिहीबारदेखि सुरु हुँदैछ । १० दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र धरान फुटबल क्लबीच हुनेछ । पुस १४ देखि २३ सम्म संचालन हुने प्रतियोगितामा विभिन्न १० टिमले भाग लिंदैछन् । जसमा नेपाल एपिएफ, मनाङ मस्र्याङ्दी, नेपाल प्रहरी, आर्मी, मछिन्द्र, संकटा, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, धरान फुटबल क्लब र आयोजक छन् । गत वर्षको विजेता एपिएफ क्लब हो ।

आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ । प्रथम पुरस्कारमा २ लाख थप गरि १२ लाख र द्वितीय पुरस्कारमा १ लाख थप गरि ६ लाख कायम गरिएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । यसपालि सर्वोत्कृष्ट राष्ट्रि«य फुटबल खेलाडी पुरस्कार अनन्त तामाङ (५० हजारसहित) प्रदान गरिने क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) ले पत्रकार सम्मेलनमा बताए । यसअघि यो पुरस्कारबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विस्ट पुरस्कृत भैसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मालिङ कप सुरु

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    लमजुङ । मालिङ युवा क्लब आयोजनामा दोस्रो मालिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । ‘खेल विकासमा युवाहरुको सहभागिता, पर्यटन…
  • एलजी एसोसिएसन र नवआदर्श फाइनलमा

    आदर्श समाज सम्वाददाता फागुन १२, २०७९
    पोखरा । एलजी एसोसिएसन र नवआदर्श सामुदायिक विकास समाज आठौं संगम कप बिल स्मृति फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् ।…
  • प्रदेशस्तरीय आर्चरी : बागलुङका दुर्गा र कास्कीकी केशरी प्रथम

    आदर्श समाज सम्वाददाता फागुन ७, २०७९
    पोखरा । गण्डकी प्रदेशस्तरीय दोस्रो खुला आर्चरी प्रतियोगितमा रिकर्भ खुला पुरुष प्रतिष्पर्धामा बागलुङका दुर्गा घर्तीमगर प्रथम भएका छन् । भेट्रान्सतर्फ…
  • बिटी कपमा गन्नी एफसी च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन १, २०७९
    पोखरा । बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा गन्नी…
  • बिटी कपको उपाधिका लागि लामागाउँ र गन्नी एफसी भिड्ने

    आदर्श समाज सम्वाददाता माघ २९, २०७९
    पोखरा । पोखरामा जारी १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि लामागाउँ…

hero news full width