फिल्म ‘तिम्रो मेरो साथ’ प्रचारमा

आदर्श समाज सम्वाददाता
पौष १२, २०७९
321781923_549898173709045_4900658721945027378_n

पोखरा। नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखरादेखि सुरु भएको छ । २९ पुषदेखि हल छिर्न लागेको फिल्म प्रचारका लागि निर्माण युनिट कलाकारसहित टुरमा निस्केको हो ।

निर्माता तथा निर्देशक रमेश एमके पौडेलकका अनुसार पोखराबाट सुरु भएको यात्रा बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा पुगेर समापन हुनेछ । फिल्म युनिटलाई पोखरामा दर्शक तथा मिडियाबाट साथ मिलेको उनले बताए ।

टोलीले फेवाताल बाराहीघाटमा मंगलबार पत्रकार सम्मेलनसमेत गरेको थियो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूहरुलाई ठुलो हौसला मिलेको प्रतिक्रिया दिइन् । फिल्मको उनको मुख्य अभिनय छ । अभिनेता पुष्प खड्काले पोखरा झैं अन्य सहरमा पनि यस्तै साथ मिल्ने अपेक्षा राखे ।

सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफू निकै उत्साहित भएको निर्देशक पौडेलले सुनाए ।
सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा साम्राज्ञी, पुष्पसहित इमिली, सन्दीप क्षत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ ।

फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन छ । फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी हो । सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली हुन् ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width