पोखरा । १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । पुस १५ सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ स्पर्धा सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले बताए ।
यसअघि, प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘खेलकुदले स्वास्थ्यसँगै शारीरिक सुगठनका लागि मात्रै नभई पर्यटनका लागि समेत यसको महत्व उत्तिकै छ ।’ मेयर आचार्यले कास्की टेनिसले पोखराको खेलकुदसँगै पर्यटन प्रवद्र्धनमा समेत उत्तिकै महत्वका साथ अघि बढेको बताउँदै प्रशंसासमेत गरे ।
कास्की जिल्ला टेनिस संघ अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष तथा कास्की टेनिसका संस्थापक विनोद कायस्थ, कास्की टेनिसका उपाध्यक्ष नवीन चालिसे, सचिव नवीन श्रेष्ठ, सदस्य मोनिका थापाले समेत कास्की टेनिसलगायत प्रतियोगिताको महत्वमाथि प्रकाश पारेका थिए ।
प्रतियोगितामा भारत, बेलायत र भुटानबाट समेत सहभागी आएको उपाध्यक्ष चालिसे जानकारी दिए । सहभागी खेलाडीमध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरका छन् । प्रतियोगितामा सहभागिता हालसम्मकै ठूलो भएको दाबी आयोजकको छ ।
मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्षमाथि मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्षमाथि सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथि सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्षमाथि सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कुल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेका छन् ।
ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका विजेताले ८० हजार र उपविजेताले ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । मेन्स तथा उमेन्स डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य विभिन्न इभेन्टका विजेता तथा उपविजेता लगायतलाई नगदसहित पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा करिब १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । पुरस्कारमा कुल साढे ७ लाख खर्च हुनेछ ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९