विक्रमको ‘बैंसालु नजरैमा’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
पौष ९, २०७९
baisalu najaraimaid

पोखरा । पोखराको शैक्षिक क्षेत्रमा क्रियाशील विक्रम पौडेलको शब्द तथा लयमा रहेको लोकदोहोरी गीत सार्वजनिक भएको छ । कुन रोजूँ हजारैमा, जुन हे¥यो उही राम्रो नजरैमा… बोलको उक्त गीत पौडेल क्रियसन युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । गीतमा कुलेन्द्र विक र शान्तिश्री परियारको स्वर रहेको छ । बिबी अनुरागी एरेन्जर रहेको सो गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् ।

कलेजका विद्यार्थीबीचको माया प्रेमलाई गीतमा उतारिएको छ । कलेज पढ्ने युवा युवतीको माया प्रेमको विषय समेटिएको उक्त गीत युवायुवतीको रोजाइमा पर्ने विश्वास सर्जक पौडेलले लिएका छन् । पहिलेदेखि नै गीत संगीतमा रुचि राख्ने र रचना गर्ने पौडेल धेरै रचनामध्ये एउटा त रकर्ड गरौं न भन्ने सोचले मेलोडी बनाई गीत दर्शकस्रोतासामु ल्याएको बताउँछन् ।

बैंसालु नजरले जुन हे¥यो त्यही राम्रो देख्ने भएकाले सही पत्ता लगाउन र धैर्य गर्नुपर्ने सन्देशसमेत गीतले दिएको छ । गीतलाई उत्कृष्ट बनाउने उद्देश्यले लोकप्रिय गायक विक र गायिका परियार रोजिएको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width