कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल

आदर्श समाज सम्वाददाता
पौष ५, २०७९
NA-Chitwan-NCPresidentDeubab

पोखरा । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्।

भोलि बुधबार हुने निर्वाचनका लागि आज देउवाले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का। प्रधानमन्त्रीमा दाबी गर्दै आएका पौडेल अन्तिम समयमा पछि हट्दै देउवालाई समर्थन गर्न पुगेका हुन्।

संस्थापन इतर समूहबाट भने महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। गगनको प्रस्तावकमा शेखर कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा।

८९ जना सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत चाहिन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width