पोखरा । कतार विश्वकपमा जीत नजिक पुगेको अर्जेन्टिनाको अग्रता रोक्दै फ्रान्सले बराबरी खेलेको छ । खेल सकिन १० मिनेटमात्र बाँकी रहँदा फ्रान्सका लागि एमबाप्पेले २ गोल फर्काएका हुन् । उनको रोमाञ्चकारी गोलले फाइनल प्रतिस्पर्धा अत्यन्तै रोचक बनेको छ ।
निर्धारित ९० मिनेटको खेल अन्ततः २–२ बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको छ । अब ३० मिनेट अर्जेन्टिना र फ्रान्स दुवैका लागि तेस्रो पल्ट उपाधि चुम्ने स्वप्नील सपनामा गर र मरको स्थिति निश्चित हुनेछ ।
साविक विजेता फ्रान्सका लागि एमबाप्पले खेलको ८० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेको १ मिनेटमै अर्को गोल थपेका हुन् । योसँगै एमबाप्पेले जारी विश्वकपमा सर्वाधिक ७ गोलको कीर्तिमान कायम गरेका छन् । मेस्सी गोल्डेन बुटको दाबेदारीमा १ गोलले पछि परेका छन् ।
कतारको लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले खेलको २३ औं मिनेटमै अग्रता लिएको थियो । मेस्सीले पेनाल्टीमार्फत सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । फ्रान्सका विङ्गर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सी कत्ति पनि चुकेनन् ।
यस्तै, ३६ औं मिनेटमा मेसीकै क्रसमा डिमारियाले विपक्षी कीपर बिट भएको अवस्थामा बललाई जाली चुमाएका हुन् ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९