ज्येष्ठ नागरिकको निशुल्क रक्तपरीक्षण

आदर्श समाज सम्वाददाता
पौष १, २०७९
suraj

पोखरा । पोखरा महानगरपालिका वडा १२ ले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको निशुल्क रक्तपरीक्षण गर्ने भएको छ ।

वडाअध्यक्ष सन्तोष बास्तोलाले पहिलो चरणमा मिर्गौला, मधुमेह, हेमोग्लोबिन र पिसाब लगायतको परीक्षण वर्षमा कम्तीमा २ पटक निशुल्क गर्ने योजना बनाएको बताए । उनका अनुसार सो कार्यक्रमको लागि वडाले १ लाख रकम छुट्टाएको छ । आवश्यकता अनुसार अन्य शीर्षकबाट भए पनि निशुल्क स्वास्थ्य सेवा थप गर्दे जाने उनको योजना छ ।

युवा जनप्रतिनिधि अध्यक्ष बास्तोलाले गएको स्थानीय चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकलाई घरमा पुगेर स्वास्थ्य सेवा दिने पूर्व निर्धारित कार्यक्रम पूरा भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमका लागि पोखरा १२ वडा कार्यालय र शीतलदेवीमा रहेको गण्डकी प्याथोलोजी बीच १ वर्षका लागि सम्झौता भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width