पदक विजेतालाई वडा कार्यालयको हौसला

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७९
sports samman

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा पदक ल्याउने खेलाडीलाई पोखराको एक वडा कार्यालयले सम्मान गरेको छ । पोखरा ९ मा स्थायी बसोबास गरेका तथा पोखरा ९ बाट खेलेका १२ खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सोमबार सम्मानपत्र, अविर र नगद राशिसहित सम्मान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा महिलातर्फ फुल कन्ट्राक्ट कराते ४५ केजी तौल समूहमा स्वर्ण पदक विजेता पुष्पा कुँवर, ५० केजी फुल कन्ट्राक्ट कराते पुरुषतर्फ स्वर्ण पदक विजेता अनिश बुढा मगर, स्क्वास टिम इभेन्ट र एकलका स्वर्ण र कास्य विजेता दीपक थापा र स्क्वासमा स्वर्ण विजेता हिराकाजी श्रेष्ठ छन् ।

यसैगरी, बक्सिङमा स्वर्ण जित्न सफल दीपक सुनार, बक्सिङ प्रशिक्षक प्रियंका बर्मा, फुल कन्ट्राक्ट कराँते खुलातर्फ रजत विजेता रुपक नेपाली, पुरुषतर्फ ६५ केजी फुल कन्ट्राक्ट करातेमा रजत विजेता शिव भुजेल र उसु ७० केजी तौल समूहमा रजत विजेता अनीषा आलेमगर छन् ।

यस्तै, टेबुलटेनिस मिक्स डबल्समा कास्य जित्न सफल खेलाडी मुना थापा, फुटबल (टिम) गण्डकी प्रदेशमा काश्य जित्ने मानबहादुर तामाङ र विजय श्रेष्ठ, टेबलटेनिस प्रशिक्षक उत्तम जोशी र उत्कृष्ट व्यवस्थापक अमन केसीलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । स्वर्ण विजेतालाई १० हजार, रजत विजेतालाई ५ हजार र कास्य विजेतालाई ३ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । प्रोत्साहनस्वरुप व्यवस्थापकलाई ५ हजार रुपैयाँसहित सम्पूर्ण सम्मानमा कुल ९२ हजार रुपैयाँ प्रदान गरिएको वडासचिव कुलराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा पदक विजेता खेलाडी र प्रशिक्षकलाई बधाई ज्ञापन गर्दै वडा अध्यक्ष दीपेन्द्र मर्सानीले खेलाडीको दुखसुख आफूले बुझेको भन्दै उनीहरुको थप हौसला प्रदान गर्न सम्मान कार्यक्रम राखिएको बताए । यसको सुरुआत वडा र ९ ले गरेको बताउँदै उनले राम्रा र उत्कृष्ट खेलाडीलाई रोजगारी दिन समेत वडा तयार रहेको आश्वासन दिए । ‘वडाबाट खेल्ने खेलाडीहरुलाई हामीले अब कुनै पनि खेलकुदमा लाग्दा अभाव नहुने गरी कुनै प्रकारको सहयोग गर्न तयार छौं,’ उनले भने, ‘तपाईंहरुले आफ्नो वडादेखि जिल्ला, क्षेत्र हँुदै राष्ट्रको नाम उचो हुने गरी खेल्नुहोस्, तपाईहरुको आवश्यकता हामी पूरा गर्न प्रयत्न छौं ।’

सो अवसरमा कार्यक्रम संयोजक राजेन्द्र पहारी, कास्की जिल्ला स्क्वास तथा ¥याकेट्स संघका सचिव प्रवीण पालिखे, वडा सदस्य भावना श्रेष्ठ, गीता चर्माकार र नन्दराम गिरी,ले भनाइ राखेका थिए । सम्मानित प्रशिक्षक प्रियंका वर्मा र खेलाडी मुना थापाले यसप्रकारको सम्मानले हौसला मिलेको बताए । उत्तम जोशीको समन्वयकर्तामा भएको कार्यक्रमको संचालन वडासचिव पौडेलले गरेका थिए ।

पोखरामा गएको २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो । गण्डकी प्रदेश समग्रमा दोस्रो तथा प्रदेशतर्फ प्रथम भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…
  • अन्नपूर्ण १० लाई अध्यक्ष कप

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । पालिकाको छैटौं…

hero news full width