म्याग्दी । म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक जना निर्माण व्यवसायीको ज्यान गएको छ । जिल्ला सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा बुधबार माटोको ढिस्कोले पुरिएर ४५ वर्षीय निर्माण व्यवसायी कृष्ण बरुवालको मृत्यु भएको हो । उनी म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारका हुन् । उनले ठेक्कामा क्याम्पसको भवन बनाउन लागेका थिए ।
बिहान १० करिब बजेको समयमा भवन निर्माणका लागि जग खन्नेक्रममा नापजाँच गर्न पुगेका बरुवाललाई डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासि खसेर पुरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी पुरिएको करिब साढे १ घण्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा पु¥याइएको थियो ।
प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार अस्पताल पु¥याइएलगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेका थिए । कांग्रेस घार वडा इकाइ सभापति समेत रहेका बरुवाल ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सीमित निर्माण व्यवसायीमध्येमा पर्दथे । उनी निर्माण व्यवसायी संघ म्याग्दी कार्यसमिति सदस्य समेत थिए । उनको निधनले घार गाउँ शोकमा डुबेको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
ढिकुरपोखरी समाजको यूरोगार्ड सहयोग
खानी उत्खनन् वैधानिक बनाइने : मन्त्री जुग्जाली
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
गण्डकीमा प्रतिपक्षी दलको सहमतिपछि विनियोजन ऐन संशोधन विधेयक पेस
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९