पोखरा । १७ औं प्याब्सन स्पोर्टस् मिटअन्तर्गत बुधबारदेखि सिनियर र जुनियरतर्फ फुटबल प्रतिष्पर्धा सुरु भएको छ । प्याब्सन कास्कीको आयोजनामा स्पोर्टस् मिट अन्तर्गत फुटबलका स्पर्धा सुरु भएका हुन् ।
बुधबार सिनियर र जुनियरतर्फ गरी २० खेल भएको प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले जानकारी दिए । प्रतियोगितामा जुनियर फुटबलतर्फ ५६ टिम र सिनियर फुटबलतर्फ ६९ टिमको सहभागिता छ।
गौरीशंकर खेल मैदानमा सिनियरतर्फ पोखरा लनर्सले नेपाल आदर्श विद्यालयलाई ५–४ ले हरायो । हिल पोइन्टले इडेनलाई ३–१, हिमाञ्चलले न्यु मोडललाई २–०, ग्लोबलले बेसलाइन एकेडेमीलाई ३–२ र भ्यु पोइन्टले केल्सलाई ७–० गोलअन्तरले पराजित गरी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै, आदर्श क्लब खेल मैदान लेखनाथमा भएको प्रतिस्पर्धामा पोखरा युनाइटेडले रिभरडेललाई ३–०, बालविद्याले लेखनाथ विभूतिलाई ३–२, सरस्वतीले फेवा पव्लिकलाई १–०, विद्या निकेतनले भाष्करलाई ५–१ ले, गोल्डेन नेचरले सूर्योदयलाई २–० ले पराजित गरे ।
छात्र जुनियरतर्फ शान्तिदीप खेल मैदानमा सम्पन्न खेलमा टप्स, शिशु कल्याण, मेट्रो पोलिटान, बेसलाइन र पोखरा एकेडेमीले आ–आफ्नो खेलमा विजयी भए । त्यस्तै, नेपाल आदर्श खेल मैदानमा सञ्चालन भएको खेलमा एक्स आर्मी, मनकामना, सरस्वती, गोल्डेन नेचर र इडेन्स माविले पहिलो चरणमा जीत हासिल गरे । प्याब्सन स्पोर्टस मिटको उद्घाटन मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीबीच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टमा ७ हजार ७ सय १२ भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकले अवलोकन गर्ने प्याब्सन कास्कीले जनाएको छ ।
भलिबल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेबल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेबल टेनिस छात्र डबल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसैगरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिता संयोजक तथा प्याब्सन कास्की वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिइन् ।
कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५० लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्याब्सन कास्कीमा १ सय २ वटा निजी तथा आवासीय विद्यालय आवद्ध छन् । संस्थामा आवद्ध विद्यालयमा ७५ हजारभन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको संख्यामा शिक्षक कर्मचारी कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
Related News
सम्बन्धित समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९