फेवा बोर्डिङलाई एपेक्स फुटबल उपाधि

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७९
fewa boarding

पोखरा । एपेक्स कास्कीले आयोजना गरेको स्पोर्ट्स मिटको जुनियर फुटबलको उपाधि फेवाले जितेको छ । बुधबार भएको फाइनल खेलमा हेमजाको धौलागिरीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फेवाले उपाधि जितेको हो ।

निर्धारित ५० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा प्रवेश गरेको थियो । टाइब्रेकरको पेनाल्टी सुटमा फेवाले ४ र धौलागिरीले ३ गोल गरे ।

फेवाका कोच सन्देश सापकोटाले कोचको निर्देशनलाई खेलाडीले पालना गरेर खेलेकोले उपधि जित्न सफल भएको बताए ।

टिम म्यानेजर एव अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटले राम्रो टिम बनेकाले उपाधि जितिएको उल्लेख गरे ।

विद्यालयका प्राचार्य अच्युत पाण्डेले विद्यार्थीको आत्मविश्वासले खेल जितिएको उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    हेमजा । हेमजामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञकमा आधा करोड बढी रुपैयाँ संकलन भएको छ । बावियाँतरास्थित मानव सेवा आश्रमको निर्माणाधीन…
  • पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ २३, २०७९
    पोखरा । पोखराका मुख्यबजारमा पार्किङ निषेध गर्ने पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको गत साताको निर्णयले धेरै आश्चर्यमा परे । १६…
  • पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । पोखरा महानगरपालिकाको १२ औं नगरसभा हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबारका लागि बोलाइएको…
  • हेमजा युनाइटेडमा राजेश

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    हेमजा । हेमजा युनाइटेडको शनिबार छैटौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले राजेश त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।…
  • गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह

    आदर्श समाज सम्वाददाता माघ २२, २०७९
    पोखरा । कस्मेटिक व्यवसायी संघ कास्कीले आफ्ना सदस्यलाई गुणस्तरीय सामान बिक्रीका लागि अनुरोध गरेको छ । संघको शनिबार नवौं वार्षिक…

hero news full width