लमजुङ । त्रिवेणी कप फुटबल प्रतियोगिताको ३० औं शृंखला तयारी थालिएको छ । त्रिवेणी क्लबद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पुस १२ देखि हुने प्रतियोगिताको उपाधि विजेतालाई ५ लाख रुपैयाँ दिइने जनाइएको छ । यति ठूलो पुरस्कार राशि भएको प्रतियोगिता जिल्लामै ठूलो भएको आयोजकको दाबी छ ।
भूपू सैनिक आवासीय माविका प्रिन्सिपल समेत रहेका क्लब अध्यक्ष विनोद गुरुङले त्रिवेणी फुटबल प्रतियोगिताको स्थापनाकालीन दिन सम्झिदै अहिले उपाधि विजेतालाई ५ लाख वितरण गर्न सक्ने हुनु आफैंमा गौरव भएको बताए ।
बेसीसहर–७ सहजी खेल मैदानमा सञ्चालन गरिने प्रतियोगिताको ५० हजार दर्शकले हेर्ने आयोजकको अनुमान छ ।
यो वर्षबाट क्वाटरफाइनलदेखि ए डिभिजन क्लबलाई स्थान दिएर खेलको स्तरोन्नति गरिने भएको जानकारी अध्यक्ष गुरुङले दिए । प्रतियोगिताबाट खेल पर्यटनको विकास, आर्थिक गतिविधिमा वृद्धि हुने उनले बताए ।
उपाधि विजेताले ५ लाखसहित त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाखसहित रजत पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनालिस्ट २ टिमलाई ५०/५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिने छ ।
सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलकर्तालाई जनही १५/१५ हजार र क्वाटरफाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच उपाधि प्रदान गरिने छ ।
प्रतियोगितामा ४७ लाख खर्च हुने अनुमान आयोजकको छ । कुनै खेलाडीले पहेंलो वा रातो कार्ड पाए क्रमशः ३ सय र ५ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ । त्यसका लागि प्रत्येक टिमले अग्रिम ३ हजार रुपैयाँ धरौटी राख्ने प्रबन्ध गरिएको क्लब सचिव प्रवीण वाग्लेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विशेष खेल प्रदर्शन गर्ने छनौट १६ टिमलाई मात्र सहभागी गराइने छ ।
Related News
सम्बन्धित समाचार
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
ह्विलचेयर बास्केटबलमा आयोजक विजयी
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९